युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने आठ जना पक्राउ


२१ असार २०७८, सोमबार
money

काठमाडौं, २१ असार । युरोकप र कोपा अमेरिका फुटवल खेलमा सट्टेबाजी गरेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइलसहित प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं ढोकाटोल बस्ने ४७ वर्षीय जिवन लामा, काठमाडौं कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका ७ का सुरज टिवडेवाल, भारत बिहार पूर्वीचम्पारण रक्सौल घर भएका ४६ वर्षीय अशोक कुमार गुप्ता, काठमाडौं धापासी बस्ने चितवन खैरहनी नगरपालिका ५ टरौली घर भएका ४५ वर्षीय गोबिन्द प्रसाद आचार्य छन् ।

यस्तै पक्राउ पर्ने अन्यमा काठमाडौं इन्द्रचोक बस्ने भारत हरियाना विवरनी घर भएका ४९ वर्षीय राजेशकुमार अग्रवाल, काठमाडौं क्षेत्रपाटी बस्ने भारत राजस्थान झुनझुन सुरजगढ घर भएका ३३ वर्षीय सुचित डालमिया अग्रवाल र काठमाडौं मरुटोल बस्ने मोरङ बिराटनगर नगरपालिका ७ का ४६ वर्षीय अमरनाथ गुप्ता रहेका छन् ।

उनीहरुले युरोकप र कोपा अमेरिका फुटबलका खेलमा अनलाइनमार्फत ठूलो रकमको बाजी राख्न लगाई काठमाडौंका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थानबाट अनलाईन बेटिङ गरी नगदी कारोबार समेत गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको महाशाखाले जनाएको छ ।

सट्टेबाजीमा प्रयोग भएको रकम आईएमईबाट पठाइने र लिने गरी कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७