२०७८ असार २२ गते मंगलबारको तपाईको राशिफल


२२ असार २०७८, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज बुद्धि र विवेकको जति प्रयोग गर्न सको आजको दिनलाई त्यति नै बढी सकारात्मक बनाउन सकिने छ । वित्तीय सहयोग पनि मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ कार्य प्राप्तिको योग छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । काम गर्ने उत्साह र हौसला पनि मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । यात्रा गर्दा सचेत हुनुपर्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ । रोजगारको अवसर पनि मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्ने छ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । मित्रबाट विशेष सहयोग मिल्ने छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । नजिकै घुम्न पनि पाइने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । धर्म र कर्ममा मन लाग्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
इच्छा र आकांक्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पारिवारिक सद्भाव बढ्ने छ, तर शेयर बजारमा भने नोक्सानी नै रहला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । सफल यात्राको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दाम्पत्य सम्बन्ध बलियो र सुदृढ हुनेछ । वित्तीय संस्थाबाट सहयोग पनि पाइने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७