उपत्यकामा आजदेखि निषेधाज्ञा थप खुकुलो, सवारीसाधनमा जोर–बिजोर हट्योे


२२ असार २०७८, मंगलवार
RoS Ktm20200724IMG 13703917 scaled

काठमाडौं, २२ असार । काठमाडौं उपत्यकामा आज (मंगलबार) देखि निषेधाज्ञा अझ खुकुलो बनाइएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ भने सवारीसाधानमा पनि जोर–बिजोर प्रणाली हटाइएको छ ।

यसअघि निजी तथा सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्बरवाला र बिजोर गतेका दिन बिजोर नम्बरवाला मात्र चलाउन पाइन्थ्यो ।

गएको आइतबार बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप खुकुलो बनाएर आजदेखि एक हप्ता अर्थात् असार ३१ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । कोरोना महामारी कहि मत्थर भएका कारण नागरिकको जनजीवनलाई पूर्ववत अवस्थामा फर्काउन निषेधाज्ञा खुकुलो गरिएको हो ।
विस्तृत आदेश

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७