माओवादी केन्द्रका केन्द्रीय सदस्यको यादवको निधन


२२ असार २०७८, मंगलवार
Mahadeb yadav QTBNVyKgRN

जनकपुरधाम, २२ असार । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । गए राति धनुषाको जनकपुरस्थित आफ्नै घरमा उनको निधन भएको हो । करिब ६२ वर्षीय यादव लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।

यादव तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सक्रियतापूर्वक सहभागी भएका थिए । उनले महोत्तरी, धनुषासहित तराईका जिल्लालाई कार्यक्षेत्र बनाएर पार्टीको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७