जापानमा भीषण पहिरो : बेपत्ता ८० जना अझै भेटिएनन्


२२ असार २०७८, मंगलवार
unnamed TaTEowQXTN

काठमाडौं, २२ असार । जापानमा पहिरोमा परेर वेपत्ता भएका ८० जना अझै फेला परेका छैनन् । गत शनिबार विहान आएको पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको अधिकारीहरुले जनाएका छन् ।

देशको मध्य भागमा पर्ने अतामी शहर क्षेत्रमा अत्यधिक बर्षपछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । अतामी शहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भए पनि सफलता प्राप्त हुन नसकेको बताए ।

घटनास्थलबाट २२ जनालाई जीवितै उद्धार गरिएको छ भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ । प्रहरी अधिकारीहरूले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन् । घटना भएको बेला त्यस क्षेत्रमा २१५ जना मानिस थिए । पहिरो गएको ठाउँमा १३० वटा घर रहेको जानकारी स्थानीयले दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७