ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा


२२ असार २०७८, मंगलवार

काठमाडौं, २२ असार । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले पेरुलाई १–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको ओलम्पिक मैदानमा आज (मंगलबार) बिहान भएको खेलमा ब्राजिलका लुकास पाक्वेलाले गरेको गोल नै निर्णायक भयो । पाक्वेलाले खेलको ३५ औं मिनेट गोल गरे ।

कोपा अमेरिका फुटबलको यो प्रतियोगितामा ब्राजिल अपराजित टोली हो । क्वार्टर फाइनलमा ब्राजिलले चिलीलाई र पेरुले पाराग्वेलाई हराउँदै सेमिफाइनलमा पुगेका थिए । ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३–१ ले हराएर उपाधि जितेको थियो ।

कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा भोलि बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दै छन् । अब ब्राजिलले अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७