युरोकप : पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दै


२२ असार २०७८, मंगलवार
eurocup 2 rpFysQudoU

काठमाडौं, २२ असार । युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज (मंगलबार) राति इटली र स्पेन खेल्दै छन् । इङल्याण्डको वेम्बली मैदानमा खेल राति पौने १ बजे शुरु हुनेछ ।

इटली र स्पेनबीचको विजेताले फाइनलमा इङल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्ने छ । इङल्याण्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । स्पेनले क्वार्टर फाइनलमा स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७