रुसका राष्ट्रपति र इजरायलका प्रधानमन्त्रीबीच फोनवार्ता : छिटै भेटवार्ता गर्ने सहमति


२२ असार २०७८, मंगलवार
bennet A3VwMBB19G

काठमाडौं, २२ असार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटबीच साझा सुरक्षाका विषयमा छलफल भएको छ ।

उनीहरुबीच पहिलो फोन वार्ता भएको र महत्वपूर्ण विषयमा छलफल भएको इजरायली प्रधानमन्त्री बेनेटको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै फोनवार्तामा दुई नेताबीच छिट्टै भेटवार्ताका लागि सहमति बनेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बेनेटले सत्ता सम्हालेपछि रूसी नेता पुटिनसँग पहिलो फोन वार्ता भएको हो ।

दुई नेताहरुबीच साझा सुरक्षा र कूटनीतिक मुद्दाहरूबारे छलफल भएको हो । रूसले क्षेत्रीय स्थायित्व कायम गर्न तथा अपहरण र बेपत्ताका घटनामा सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

सन् १९९० को दशकदेखि इजरायलमा बसालिएका १० लाखभन्दा बढी रूसी यहुदीको भूमिकाबारे पनि छलफल भएको इजरायली प्रधानमन्त्री बेनेटले बताएका छन् । साथै रुसी राष्ट्रपति पुटिनले ‘दुई देशबीचको पुल’ को रूपमा काम गर्नेमा पनि बेनेटले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७