तालिवान आक्रमणबाट ज्यान जोगाउन एक हजार अफगान सेना ताजिकिस्तान पुगे


२२ असार २०७८, मंगलवार
afgani army

काठमाडौं, २२ असार । तालिवानी लडाकूहरुसँगको झडपपछि आफगानिस्तानका एक हजार भन्दा बढी सेना छिमेकी ताजिकिस्तान पुगेका छन् । ताजिकिस्तानको सीमा क्षेत्रमा सशस्त्र विद्रोहीसँग भएको झडपपछि ती सैनिक पलायत भएर ताजिकिस्तान पुगेका हुन् ।

तालिवानीहरुले आफ्नो देशतर्फका सडक सञ्जाल विच्छेद गरेपछि ज्यान जोगाउन ती सैनिक ताजिकिस्तान पुगेको बताइएको छ ।
ताजिकिस्तानको सीमा सुरक्षा गार्डले विज्ञप्ति जारी गरेर छिमेकी राष्ट्र अफगानिस्तानका सैनिक सुरक्षाका लागि आफ्नो मुलुकमा आएको जनाएको छ ।

अफगानिस्तानको उत्तरी क्षेत्रमा सशस्त्र विद्रोही समूहको सक्रियताका कारण हिंसात्मक गतिविधिहरु बढ्दै गएका छन् । २० वर्ष अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता हुने प्रक्रिया शुरु भए लगत्तै अफगानिस्तानमा विद्रोहीका गतिविधि बढ्न थालेका हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७