भेरोसेल खोपको दोस्रो मात्रा आजबाट, यी हुन् खोप केन्द्र (सूचीसहित)


२२ असार २०७८, मंगलवार
korona khop jestha

काठमाडौं, २२ असार । सरकारले ज्येष्ठ नागरिकहरुलाई केरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा (डोज) आजदेखि लगाउने भएको छ ।
स्वास्थ्य सेवा विभागको खोप शाखा अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजबाट दोस्रो मात्रा दिन लागिएको हो ।

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिएको थियो । भेरोसेलको पहिलो डोज लगाएका ज्येष्ठ नागरिक ३ लाख ७० हजार रहेका छन् ।

त्यसबाहेक भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका अन्य उमेर समूहका नागरिकलाई पनि दोस्रो डोज दिइने बताइएको छ । नेपालमा अहिले खोप लगाउने उमेर समूहका २ करोढ ९ लाख जनसंख्या छ ।

तर सबै नागरिकको लागि खोप व्यवस्थापन गर्न सरकारले सकेको छैन । अबको एक महिनाभित्र झण्डै ५० लाख डोज खोप चीन र अमेरिकाबाट आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
यी हुन् खोप केन्द्र

khop notice

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७