कालिकोटमा जीप दुर्घटना, एकको मृत्यु, चार जना घाइते


२२ असार २०७८, मंगलवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

कालिकोट, २२ असार । कालिकोटको नरहरिनाथ गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

रास्कोट नगरपालिकाबाट मान्मा जाँदै गरेको प १ ल २३ नम्बरको जीप नरहरिनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिए ।

एसएसपी चन्दका अनुसार दुर्घटनामा परी सान्नी त्रिवेणी गाउँपालिका–३ की ३५ वर्षीया पम्फा फडेराको मृत्यु भएको हो । मंगलबार बिहान भएको दुर्घटनामा अन्य ४ जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जीपमा १४ जना यात्रु सवार थिए । घटनास्थलबाट घाइतेहरुको उद्धार गरी सामान्य उपचारपछि घर पठाइसकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी भिरालो र चिप्लो बाटोका कारण सडक छेउमा पल्टिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७