संसद पुनर्स्थापनाको विकल्प छैन, देउवाजी प्रधानमन्त्री बन्नु हुन्छ : प्रचण्ड

‘जनताको नजरमा ओली निरंकुश र लोकतन्त्रविरोधी’


२२ असार २०७८, मंगलवार
prachanda janakpur g29RG540xv 1

जनकपुरधाम, २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद पुनर्स्थापनाको कुनै विकल्प नै नरहेको बताएका छन् । आज (मंगलबार) जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य र मान्यताअनुसार संसद पुनर्स्थापनाको विकल्प नरहेको बताएका हुन् ।

‘अहिले त सरकारले बढी संविधान मिच्ने, लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिने काम गरेको छ त्यसैले यस्तो अवस्थामा संसद पुनर्स्थापना मात्रै होइन कि मलाई विश्वास छ १४९ सदस्यको हस्ताक्षरसहित राष्ट्रपति कहाँ बुझाएको आधारपत्र र १४६ को हस्ताक्षरसहित सर्वोच्च रिट प्रतिवेदनका आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ’, प्रचण्डले भने ।

prachanda 1 20210706060540

‘संसद पुनर्स्थापना नहुनुको अर्थ संविधान मिचे पनि भयो, लोकतन्त्र मिचे पनि भयो जनताको भावना विपरीत जे पनि गरे हुन्छ भन्ने नजिर स्थापना हुन्छ,’ उनले थपे, ‘त्यसैले यस्तो हुँदैन भनेर म कल्पना समेत गर्न चाहँदिन ।’ प्रधानमन्त्री केपी शर्मा ओली नेपाली जनताको नजरमा एउटा निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा बद्नाम भइसकेको आरोप लगाउँदै प्रचण्डले प्रधानमन्त्रीको दबावले अब केही पनि हुन नसक्ने दाबी गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य महादेव यादवको सोमबार राति भएको असमायिक निधनप्रति शोक व्यक्त गर्न र प्राथिव शरिरलाई पार्टीको झण्डा ओढाउन प्रचण्ड जनकपुर आइपुगेका हुन् । लामो समयदेखि क्यान्सर रोगबाट पीडित ५७ वर्षीय यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दा केन्द्रीय अध्यक्ष प्रचण्ड निकै भावुक भएका थिए । २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीति जीवन सुरु गरेका यादव सरकारी जागिर छाडेर तत्कालीन जनमोर्चाको तर्फबाट धनुषाको बालाबाखर गाविसको अध्यक्ष भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७