जसपा आधिकारिकता विवाद : निर्वाचन आयोगमा महन्थ र उपेन्द्र पक्षबीच छलफल शुरु


२२ असार २०७८, मंगलवार
Upendra mahantha

काठमाडौं, २२ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच निर्वाचन आयोगमा मेलमिलापका लागि छलफल शुरु भएको छ । आयोगले जसपाका दुवै पक्षलाई आन्तरिक मेलमिलापका लागि आज बोलाएको हो ।

आयोगमा छलफलका लागि अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, केशव झा, अर्को पक्षका अध्यक्ष उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, महेन्द्रराय यादव, प्रकाश अधिकारीलगायत नेताहरु छलफलमा सहभागी छन् । यादव पक्षका नेता डा. बाबुराम भट्टराई भने छलफलका लागि आयोगको कार्यालय पुगेका छैनन ।

31625551543

जसपामा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ । दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आएका छन् । यसअघि दुवै पक्षले एक अर्कलाई कारबाही गर्दै आयोगमा पत्र पठाएका थिए । तर आयोगले दुवैको कारबाहीलाई स्वीकार गरेको थिएन ।

यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । यादव पक्षको निवेदनपछि आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । ठाकुर पक्षले २० जना कार्यकारिणी सदस्य थप गरेको पत्रसहित आयोगमा आधिकारिकता दाबी गरेका थिए। ठाकुर पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो । आयोगले जसपाको दुबै पक्षलाई मेलमिलापका लागि प्रयास गर्ने सम्भव नभए कानून अनुसार अघि बढ्ने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७