यस्तो छ होलीमा टेलिकमको अफर


१७ फाल्गुन २०७४, बिहीबार
holi offer

काठमाण्डौं, १७ फागुन : फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ । कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले सो अफरको उपयोग गर्न सक्ने छन् । सो अफर आगामी फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने छ ।holi offer

अनलिमिटेड भ्वाइस नाइट कल

कम्पनीले राति १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने भएको छ । सो अफर ३५ रुपैयाँमा खरिद गर्न सकिने छ र ३ दिनसम्म कल गर्न सकिने छ ।

अनलिमिटेड अल टाइम डाटा

त्यसैगरी ५० रुपैयाँमा अल टाइम अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । डाटा खरिद गरेको २४ घण्टा सम्म यसको प्रयोग गर्न सकिन्छ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ ।

अनलिमिटेड नाइट डाटा

एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध हुनेछ । सो नाइट डाटा प्याक १५ रुपैयाँमा राती १० देखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ । १ जीबी डाटा थ्रिजीरफोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ ।
अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरे पछि एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ । होली अफरका विभिन्न प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट ८ज्ञद्धज्ञछ३ डायल गर्न सकिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७