‘अनुपम फुडल्याण्ड’ मा सिटौला पक्षकाे वैठक


२२ असार २०७८, मंगलवार
Krishna Prasad Sitaula 1
फाइल फोटो

काठमाडौं, २२ असार । कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै नेताहरुको समूहगत छलफल बाक्लिँदै गएका छन् । महाधिवेशनको मिति नजिकिंदै गएपछि नेताहरुले छलफल र भेटघाटलाई तीव्र बनाएका हुन् ।

सभापतिका प्रत्यासीहरुबीच भेटघाट बढिरहेका छन् भने नेताहरुले आफ्नो समूहलाई विस्तारित गर्दै थप शक्ति आर्जन गर्ने प्रयास पनि जारी राखेका छन् । यसैबीच आज (मंगलबार) नेता कृष्णप्रसाद सिटौलाले आफ्नो समूहको बैठक राखेका छन् । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा राखेको बैठकमा केन्द्रीय समिति, जिल्ला कार्यसमितिका तथा भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई समेत सहभागी गराउन लागेका छन् ।

महाधिवेशनमा समूहगत उपस्थितिसहित प्यानलमा उम्मेदवारी दिने वा कुनै समूहमा भाग लिएर सहभागी हुने भन्ने विषयमा छलफल हुने सिटौला समूहमा आवद्ध एक कांग्रेस केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७