पहिलो खोप डोज लगाए पनि वडाध्यक्षको कोरोनाबाट निधन


२२ असार २०७८, मंगलवार
death

बुटवल, २२ असार । बुटवल उपमहानगरपालिका–१८ का अध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ का कारण आज निधन भएको छ ।
७२ वर्षीय वडाध्यक्ष आचार्यको उपचारका क्रममा काठमाडौंमा आज (मंगलबार) बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

उनको शुरुमा बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भएकोमा ७ दिनअघि परिवारले थप उपचारका लागि काठमाडौँ लगेको थियो । आचार्यले कोरोनाविरुद्धको पहिलो डोज खोप समेत लगाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७