सशस्त्रको डीआईजी बढुवाका लागि एसएसपीद्वय धौवजी र न्यौपाने सिफारिस


२२ असार २०७८, मंगलवार

काठमाडौं, २२ असार । सशस्त्र प्रहरीकाे रिक्त दुई डीआइजीमा बढुवाका लागि दुई एसएसपीको नाम सिफारिस भएको छ । सशस्त्र प्रहरीको बढुवा समितिले रिक्त दुई डीआईजीमा बढुवाका लागि एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई सिफारिस गरेको छ ।

बढुवा समितिको आज (मंगलबार) बसेको बैठकले सिफारिसको निर्णय गर्दै बढुवाउपर कुनै उजुरी भए ७ दिनभित्रमा समितिमा दिन बढुवा समितिका सदस्य सचिव सशस्त्रका एआईजी रामशरण पौडेलले सूचना जारी गरेका छन् ।

यसअघि बढुवाका लागि तीन दिनभित्रमा आवेदन दिन भनिएको थियो । नेपाल प्रहरीको प्राविधिक सईबाट सशस्त्रमा प्रवेश गरेका उनीहरु नै वरीयतामा पनि अगाडि थिए । सशस्त्र प्रवेश गरेसँगै उनीहरु गैरप्राविधिक बनेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७