सिंहदरबारमा कार्यदलको बैठक चल्दै गर्दा नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा


२२ असार २०७८, मंगलवार
madhav nepal prachanda scaled

काठमाडौं, २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन् ।

नेकपा एमालेको एकता जोगाउन सिंहदरबारमा कार्यदलको वैठक चल्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । जनकपुरबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने र कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने दावी गरेका प्रचण्ड विमानस्थलबाट सिधैं नेपाल निवास पुगेका हुन् ।

प्रचण्ड जनकपुरबाट फर्किएर विमानस्थलबाट सीधै नेपाल निवास कोटेश्वर पुगेका हुन् । एमालेको कार्यदलले ओली र नेपाललाई मिलाउन प्रयास गरिरहेको छ । आज बसेको कार्यदलले एकताका लागि मस्यौदा तयार गर्ने जनाइएको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले दिएको ‘अल्टिमेटम’ अवधिमा पनि सर्वोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिएका नेता नेपाल पाँच दलीय विपक्षी गठबन्धनमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७