चिकित्सा शिक्षा विधेयक पास गराउन सभामुखले विशेष अधिकार प्रयोग गर्नुपर्छ : केसी


२७ आश्विन २०७४, शुक्रबार
Dr gobinda kc

काठमाडौ  : आठ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक पास गराउन सभामुखले विशेष अधिकार प्रयोग गर्नुपर्ने बताएका छन् । संसद्को अवधि शुक्रबार सकिने भएपछि उनले सभामुख ओनसरी घर्तीमगरलाई विशेष अधिकार प्रयोग गरेर विधेयक पास गराउन अपिल गरेका हुन् ।

Dr gobinda kc

अनशनस्थल महाराजगन्जमा बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै केसीले सभामुखलाई माफियाको पक्षमा नभई जनता र देशको पक्षमा उभिन आग्रह गरे । बुधबार र बिहीबारको संसद्मा चिकित्सा शिक्षा विधेयक पेस नगर्नु दुःखद भएको उनले बताए । ‘महिला, बालबालिका तथा ज्येष्ठ समितिले तोडमोड गरेको विधेयकलाई सरकारले केही परिमार्जन गरेर ल्याउन लागेको छ,’ केसीले भने, ‘तर, माफियाको प्रलोभनमा परेका सांसदहरूले यसलाई रोकिरहेका छन् । यसलाई जनताले बुझ्न जरुरी छ ।’

उनले कुनै पनि हालतमा चिकित्सा शिक्षा विधेयक शुक्रबार बस्ने संसद् बैठकबाट पास हुनुपर्ने माग गरे । ‘म भोकै अनशन बसेको छु, मेरो लागि होइन, देशका लागि हो,’ डा। केसीले भने, ‘माथेमा कार्यदलले तयार पारेको प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउँछ, त्यसैले चिकित्सा शिक्षा विधेयक यही संसद्ले पास गर्नुपर्छ ।’

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७