नेप्सेमा ५.२४ अंकको गिरावट, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले बढी कमाए


२२ असार २०७८, मंगलवार
Nepse 03 22

काठमाडौं, २२ असार । कारोबार हुने तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य गिरावट आएको छ । मंगलबार बजार परिसूचक नेप्से ५.२४ अंकले घटेर २ हजार ८ सय १८ अंकमा आएर रोकिएको हो ।

नेप्सेमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । यसदिन २ सय २० कम्पनीको १ करोड १ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार २ सय ५५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार निर्जीवन बीमा, बैंकिङ, उत्पादन, माइक्रोफाइनान्स र जीवन बीमा समूहमा हरियो बत्ती बल्दा बाँकी समूह राताम्मे भएका छन् । यस दिन राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रयोगकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

पछिल्ला केही दिनदेखि शेयर बजार निरन्तर ओरालो लाग्दा नयाँ लगानीकर्ताहरू आत्तिएका छन् । शेयर बजारमा प्रवेश गरेदेखि नेप्से बढिरहेको मात्र देखेका लगानीकर्ताहरू हतार हतार शेयर बेचिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७