सुदिता राईको नयाँ गीत सार्वजनिक


२२ असार २०७८, मंगलवार
sudita rai
गायिका सुदिता राई ।

काठमाडौं, २२ असार । गायिका सुदिता राईको नयाँ गीत सार्वजनिक भएको छ । भ्वाइस अफ नेपालबाट चिनिएको सिकिम्मकी राईको ‘कसलाई मन’ बोलको नयाँ गीत मंगलबार सार्वजनिक भएको हो ।

शैलजा काफ्लेकाे शब्द राज खालिङ राईको संगित र संगित संयोजन गायक तथा संगितकार मनोज साङसोन राईको छ । गीत स्टुडियो किङमा रेकर्ड गरिएको हो ।

भ्वाइसको नकआउट चरणबाट बारिहिएकी राईको यो दोस्रो गीत हो । यसअघि ‘हर दिनमा, हर रातमा’ बोलको गीत सार्वजनिक भएको थियो । उनको एकपछि अर्को गीत सार्वजनिक भइरहेको छ ।

भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७