सट्टेबाजीमा संलग्न चार चिनियाँ नागरिक बाघको छालासहित पक्राउ


२२ असार २०७८, मंगलवार
chiniya

काठमाडौं, २२ असार । दुर्लभ वन्यजन्तुको आखेटोपहारको अवैध कारोबार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका १७ ज्याठा गल्लीस्थित जियाङ्यु खाजन होटलबाट सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं बालुवाटार बस्ने चीन युनान प्रान्तका ३१ वर्षीय झाओ पेनुचिङ, ठैटी बस्ने चीन हुबे प्रान्तका ३४ वर्षीय म जिङविङ, चीन हेनान प्रान्तका ३१ वर्षीय निउ युलियाङ र चीन जुआङगदोन्ज प्रान्तका २८ वर्षीय पेङ हुई छन् ।

काठमाडौं महानरगपालिका–१७ ज्याठा क्वाबाहालमा चिनियाँ नागरिकहरु जम्मा भई सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजी खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उक्त होटेल तलासी गर्दा दुर्भल वन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजी खेलाइरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता रमेशकुमार बस्नेतले बताए ।

उनीहरुको साथबाट ८ लाख ८९ हजार १ सय ५५ रुपैयाँ, जुवातास खेल्न प्रयोग गरेको २ थान विद्युतीय टेबल, जुवातास खेल्न प्रयोग हुने ४ सय १० थान प्लाष्टिकको गोटी, ७ थान मोबाइल, १ थान बाघको छाला, २० थान गाईको छाला, २० थान कस्तुरीको बिना, ९ सय थान बुद्धचित्त, करिब २० किलो रुद्राक्ष, २ थान राहदानी, विभिन्न चिनिया बैंकहरुको ३५ थान एटीएम कार्ड, २ सय ५० थान भौचर, ६८ थान भौचर, २ थान बाघको दाँत, २ थान खुकुरी र १ थान तरबार प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७