लाइनमा नागरिक


२३ असार २०७८, बुधबार
khop ko line.jpg .2021 07 07

काठमाडौं, २३ असार ।
सीमामा भारत जानेको लाइन

भारतमा रोजगारी गरिरहेका लाखौं नेपाली कोरोना महामारीमा घर फर्किएका थिए । तर, स्वदेशमा परिवार पाल्न समेत धौधौ हुन थालेपछि महामारीकै बीच उनीहरू ज्यान जोखिममा राखेर फर्किन थालेका छन् ।

naka

नाकामा फर्किनेहरूको लर्को नै लाग्न लागेको छ । गत वैशाखयता कञ्चनपुरको गड्डाचौकी र त्रिनगर नाकाबाट मात्रै करिब ५७ हजार नेपाली भारत लागेको प्रहरीको तथ्यांक छ । मंगलबार गड्डाचौकी नाकामा भारत जानेहरूको लस्कर ।
मल लिन किसानको लाइन
देशभर धान खेतीका लागि कम्तीमा एक लाख टन युरिया र ६० हजार टन डिएपी आवश्यक पर्छ । तर, किसानले समयमा मलसमेत पाउँदैनन् । यो वर्ष कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले ८० हजार टन आपूर्ति गरेको दाबी गरेका छन् ।

mal ko line chitwan.jpg .2021 07 07

तर, चितवन, काभ्रे, मकवानपुर, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा किसान मलका लागि लाइनमै छन् । मंगलबार चितवनको भरतपुर महानगरपालिका– ६ स्थित सर्वोदय बहुउद्देश्यीय सहकारीको बिक्री केन्द्रमा मलका लागि लाइन लागेका किसान ।
खोपका लागि लाइन
सरकारले दुई करोड २० लाख नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । तर, अहिलेसम्म कोभिसिल्ड र भेरोसेल गरेर ४२ लाख ४८ हजार डोज खोप मात्रै ल्याउन सकेको छ । अहिलेसम्म आठ लाख ४३ हजार नौ सय ५४ जनाले मात्रै दुवै डोज खोप पाएका छन् ।

१७ लाख ६७ हजार आठ सय ५३ नागरिक पहिलो डोज लगाएर दोस्रो डोजको प्रतीक्षामा छन् । त्यसमध्ये करिब १३ लाख ज्येष्ठ नागरिक छन् । मंगलबार सिभिल हस्पिटलमा खोपको लाइनमा रहेका नागरिक । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७