ऐतिहासिक सन्धि सम्झौता र सीमासम्बन्धी नक्सा रहेको ‘लाल बाकस’ गायब


२३ असार २०७८, बुधबार
nepal new mapbp1614485125

काठमाडौं, २३ असार । राष्ट्रियसभाको एक समितिले तत्कालीन राजदरबारमा रहेको लाल बाकस फेला नपारेको जनाएको छ । ऐतिहासिक सन्धि सम्झौता र राष्ट्रिय महत्वका दस्तावेज सुरक्षित राखिएको लाल बकस अहिलेसम्म गायव छ ।

त्यो बाकस फेला परेमा सन्धि सम्झौता, सीमासम्बन्धी नक्साको सूची रहेको तथ्य फेला पार्ने इतिहासविद्को भनाइ छ । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले इतिहासविदसँगको छलmपलपछि लाल बाकसको खोजी कार्य गरेको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए ।

समितिको २०७७ ०७८ वार्षिक प्रतिवेदनमा पनि यसबारेमा उल्लेख गरिएको छ । तर, त्यो बाकस कसरी गायव भएको छ त्यसबारे थप अनुसन्धान भइरहेको समितिले जनाएको छ । यस क्रममा समितिले तत्कालीन राजदरबारका पदाधिकारी, परराष्ट्र अधिकारी, सैनिक अधिकारी, इतिहासविद् र अभिलेखालय प्रमुखसँग छलफल गरेको छ ।

उनीहरुले यो बाकस महत्वपूर्ण रहेको भन्दै खोजी गर्नुपर्ने बताएका थिए । इतिहासविद् ज्ञानमणि नेपाल, योगी श्रीषनाथ, इतिहासविद् महेशराज पन्तले पनि लालबक्सको खोजी गर्नुपर्ने सुझाव दिएका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७