एमाले एकताको प्रयास जारी : कार्यदलको बैठक आज पनि बस्दै


२३ असार २०७८, बुधबार
Cpn Uml Leaders scaled

काठमाडौं, २३ असार । सत्तारुढ नेकपा एमालेको एकता जोगाउने प्रयास जारी रहेको छ । पार्टी एकता बचाउने प्रयास स्वरुप आज (बुधबार) पनि कार्यदलको बैठक बस्ने भएको छ । आज बस्ने बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने कार्यदलका सदस्यहरुले जानकारी दिएका छन् ।

यसअघि मंगलबार बसेको बैठकमा पार्टीमा देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कार्यदल सदस्यहरुले धारणा राखेका थिए । ‘कार्यदलको बैठकमा हाम्रो संगठनात्मक प्रणालीको विषयमा पनि छलफल भयो । अदालतको फैसलापछि जसरी नेकपा (एमाले) पुनर्जीवित भएको छ । अब, त्यसपछि संगठनका सम्पूर्ण कामहरूलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा भएका छलफलहरूको बारेमा पनि कुराकानी भयो’, कार्यदल सदस्य भीम रावलले भने, ‘पार्टी पुनर्जीवित भइसकेपछि संगठनका विषयमा देखिएका समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।’

हिजोको वैठकले ठोस सहमति नगरे पनि छलफल सकारात्मक दिशामा अघि बढिरहेको नेताहरुले बताएका छन् । आजको बैठकमा पनि यसै विषयमा छलफल हुने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७