बाढी–पहिरोले व्यासका ५५ घरमा क्षति


२३ असार २०७८, बुधबार
ishma pahiro 1

दमौली, २३ असार । केही दिन अगाडि आएको वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पुर्‍याएको छ । निरन्तरको वर्षासँगै आएको बाढी पहिराले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको हो ।

वर्षाले कयौं वस्तुभाउ, कुला, बाटाहरू क्षतिग्रस्त भएका छन् भने बुद्धसिंमार्गअन्तर्गत छाब्दीखोलामा पुल भत्किएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै व्यास–९ माझफाँटमा खोलाले बगाएर ७३ वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका छन् ।

नगरपालिकाले वर्षापीडित परिवारलाई राहत दिने निर्णय गरेको छ । साथै अवरुद्ध बाटाहरु खुलाउने, अन्य तत्काल मर्मतसम्भार गर्न सकिने कुला मर्मत गरिने भएको छ भने छाब्दीखोलाको बुद्धसिंमार्गमा पुलको वैकल्पिक व्यवस्था मिलाउने निर्णयसमेत भएको श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७