अमेरिकी सेना धमाधम अफ्गानिस्तान छोड्दै


२३ असार २०७८, बुधबार
713644502us army

काठमाडौं, २३ असार । अफगानिस्तानको सरकार र सेनालाई जानकारी नगराई अमेरिकी सेनाको एउटा टुकडी स्वदेश फर्किएको छ ।
बाग्राम एयरबेसमा कार्यरत अमेरिकी सेनाहरु रातको समयमा सुटुक्क स्वदेश फर्किएका छन् । अमेरिकी सैनिक फिर्ता भएको खबर अफ्गानिस्तानको सेनाले केही घण्टा पछि मात्रै पाएको थियो ।

एयरबेसका नयाँ कमाण्डर असदुल्लाह कोहिस्तानीका अनुसार अमेरिकी फौज आफुहरुलाई पूर्व सूचना नदिइकनै एयरबेस छाडेर हिडेको छ । यस सैन्य शिविरमा एउटा कारगार समेत रहेको छ । उक्त कारागारमा अझै पनि ५ सयभन्दा बढी तालिवानी विदोहीहरु बन्दीको रुपमा रहेका छन् ।

अफ्गानिस्तनमा पछिल्लो सयम पकड जमाउँदै गएको तालिवान विद्रोहीले निकट भविष्यमै यो एयरबेसमा आक्रमण गर्ने अनुमान गरिएको छ । यसैबीच अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार अफ्गास्तिानबाट अमेरिकी सेना स्वदेश फर्किने कार्य ९० प्रतिशत सम्पन्न भएको छ । राष्ट्रपति जो बाइडेनले यही सेप्टेम्बर ११ तारिखभित्र सबै अमेरिकी सेना फिर्ता हुने घोषणा गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७