एमाले एकता प्रयास : कार्यदलको बैठक सर्‍यो


२३ असार २०७८, बुधबार
Cpn Uml Leaders scaled

काठमाडौं, २३ असार । नेकपा एमालेको एकता बचाउन आज (वुधबार) विहानै बस्ने भनिएको कार्यदलको बैठक सरेको छ । बिहान साढे ८ बजे बस्ने भनिएको बैठक १०ः३० बजेलाई सरेको छ ।

आज बस्ने बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुनेछ ।
यसअघि मंगलबार बसेको बैठकमा पार्टीमा देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कार्यदल सदस्यहरुले धारणा राखेका थिए । ‘कार्यदलको बैठकमा हाम्रो संगठनात्मक प्रणालीको विषयमा पनि छलफल भयो ।

अदालतको फैसलापछि जसरी नेकपा (एमाले) पुनर्जीवित भएको छ । अब, त्यसपछि संगठनका सम्पूर्ण कामहरूलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा भएका छलफलहरूको बारेमा पनि कुराकानी भयो’, कार्यदल सदस्य भीम रावलले भने, ‘पार्टी पुनर्जीवित भइसकेपछि संगठनका विषयमा देखिएका समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।’ आजको बैठकमा पनि यसै विषयमा छलफल हुने उनको भनाइ छ । कार्यदलको वैठक हिजो पनि बसेको थियो । हिजोको वैठक सकारात्मक भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७