राष्ट्रियसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवदेन पेश


२३ असार २०७८, बुधबार
Parliment house samsad bhawanwww scaled

काठमाडौं, २३ असार । राष्ट्रियसभाको आजको बैठकमा ‘लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन, २०७६–०७७’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले आयोगको प्रतिवेदन सभामा पेश गरेका हुन् ।

यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरे । राष्ट्रियसभाको अर्को बैठक असार २७ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७