ओलीको ‘भ्याकेट’ मा सर्वोच्चमा भएन निर्णय, एमाले कर्णालीका सांसदको पद अझै सुरक्षित


२३ असार २०७८, बुधबार
1624671105 karnali 1200x560 1

काठमाडौं, २३ असार । कर्णाली प्रदेशका ६ सांसदलाई गरेको कारबाहीविरुद्धको अन्तरिम आदेशका विरुद्ध नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको भ्याकेट निवेदनमा आज (बुधबार) पनि सर्वोच्च अदालतमा निर्णय भएन ।

यही असार ३ गते एमालेले गरेको प्रदेश सांसदको कारबाही कार्यान्वयन नगर्न दिएको आदेशविरुद्ध अध्यक्ष ओली पुनरवलोकन निवेदन (भ्याकेट) लिएर सर्वोच्च गएका थिए ।

त्यसमा अदालतका तर्फबाट विपक्षी बनाइएका प्रदेश सांसद प्रकाश ज्वाला र कुर्मराज शाहीको तामेली रितपूर्वक नभएको भन्दै खारेज गरिदिएको छ भने बाँकी सांसदका विषयमा निर्णयका लागि पनि सांसदद्वयको तामेली पनि निर्णयका लागि पेस गर्न आदेश दिइएको छ ।
योसँगै एमाले कर्णालीका सांसदहरुलाई एमालेले गरेको कारबाही कार्यान्वयन नभई उनीहरुका विषयमा जारी भएको अन्तरिम आदेशले अर्को आदेश नहुँदासम्मका लागि निरन्तरता पाउने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७