गाडी किन्न सक्नु भएन् ? अब आउँदैछ किलोमा किन्ने दिन


१७ फाल्गुन २०७४, बिहीबार
gadi1 e1487854855102

काठमाण्डौं, १७ फागुन : सरकारले अब २० वर्ष पूरानो गाडी कहीं देखियो भने ठाउँको ठाउँ जफत गर्ने नीति लिएको छ । gadi1 e1487854855102

पूरानो गाडी जफत गर्नु नराम्रो काम होइन । गाडी जति पूरानो हुँदै जान्छ त्यति नै धुवाँ छोड्छ । त्यसैले सरकारले पूरानो गाडी जफतको कार्यक्रम ल्याएको हुनुपर्छ । तर, पूरानो गाडी जफत गरी तुरुन्तै लिलाम गर्ने भन्दा चाहिँ अलि मिलेन कि जस्तो लाग्छ । २० वर्ष पूरानो गाडी । चलाउन त पाइँदै पाइँदैन । अनि कसले किन्छ ? उही किलोको भाउमा बेच्ने त होला नि ! गाडी किन्न आउनेहरूलाई सोधिने होला– ‘गाडी किलोको कति दिने ?’ अथवा उसैले पनि सोध्छ होला –‘गाडी किलोको कति ?’

अतः यो अलि मिलेको देखिएन । गाडी जस्तो सामान किलोमा कसरी बेच्ने ? त्यसैले सरकारले २० वर्ष पूरानो गाडी कहीं चलेको देखियो भने त्यहींको त्यही जफत गरी प्रदेश सरकारलाई प्रयोगका लागि पठाइनेछ भनेको भए मिल्ने थियो । त्यस्तो पूराना गाडी जति जम्मै जफत गर्दै प्रदेश सरकारलाई पठाउने हो भने यता केन्द्रीय सरकारको जिम्मेवारी पूरा हुन्थ्यो, उता प्रदेश सरकारको आवश्यकता पूरा हुन्थ्यो । यो समाचार जनआस्थामा छापिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७