ओली–नेपालको बाध्यात्मक मिलाप, परिणाम शून्य


२४ असार २०७८, बिहीबार
PM KP Sharma Oli Madhav Kumar Nepal
फाइल फोटो

काठमाडौं, २४ असार । सत्तारुढ नेकपा एमाले अध्यक्ष एंव कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै हालतमा नभेट्न् गरी टाढिएका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि बुधबार साँझ राजधानीको पाँचतारे होटल म्यारिअटमा भेटेका छन् ।

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला नआउन्जेल सकेसम्म यस्तो भेटघाट गर्नै नपरोस् भनेर बसेका नेपालका लागि दोस्रो पुस्ताका नेताहरुले बाध्यता सिर्जना गरेका हुन् । दोस्रो पुस्ताका भनिएका नेताहरु केही दिनदेखि ओली र नेपाललाई भेट गराएमा सहमतिको कागजमा हस्ताक्षर गराउन सक्रिय हुँदै आएका छन् । यो कुरा बुझेर नेपालले आफू निकट दोस्रो पुस्ताका नेता तथा कार्यकर्तालाई भेट्न सुरु समेत गरिसकेका छन् ।

यसैक्रममा उनी कसैलाई जानकारी नदिई मुकुन्द न्यौपाने, मोदनाथ प्रश्रित, मोहनचन्द्र अधिकारीलगायतको सम्पर्कमा पुगे । ओली र नेपाल दुवैलाई एकअर्का चाहिएका होइनन् । तर दलभित्रको दोस्रो पुस्ताले एमालेमा अहिले विभाजन आउनासाथ आफ्नो भविष्य अनिश्चित देखेपछि जसरी पनि मिलाउनु पर्ने आवश्यकता महसुस गरेको हो । त्यही भएर उनीहरु कहिले ओली त कहिले नेपालकहाँ अनवरत दबाब दिन सक्रिय भएका हुन् ।

ओली र नेपाल दुवै पक्षका दोस्रोे पुस्ताका नेताहरु एउटा मुख्य निष्कर्ष हो एमाले विभाजित भएको अवस्थामा आगामी निर्वाचनमा दुवै पक्षको सर्मनाक पराजय हुन्छ । त्योभन्दा पनि पर्तिर गएर उनीहरुले राष्ट्रियता र लोकतन्त्र रक्षाका निम्ति अहिले एक नहुने हो भने त्यसले मुलुकमा ठूलो शून्यता सिर्जना गर्ने आंकलन गरेका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७