पाल्पामा पहिरोले ६ घर पुरिंदा एकको मृत्यु, एक बेपत्ता, सात घाइते

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध


२४ असार २०७८, बिहीबार
pahiro damauli 1 scaled

पाल्पा, २४ असार । पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक वेपत्ता भएका छन् । पहिरोमा परेर सात जना घाइते भएका छन् ।

पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा पहिरोले ६ घर बगाएको छ । पहिरोले घर पुरिँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिँदा सोही ठाउँकी पूजा परियारको चार वर्षीय छोरा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

पहिरोले हिउँदे खोलमा ६ घर बगाएको छ । पहिरोमा परेर सात जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग नजिकै रहेको हिउँदे खोला भन्ने गाउँमा पहिरो खसेको हो । पहिरोले स्थानीय नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ । पहिरोले सिद्धार्थ राजमार्ग समेत अवरुद्ध भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७