सर्लाहीमा चक्कु प्रहार गरी युवकको हत्या


२४ असार २०७८, बिहीबार
hatya 2
सांकेतिक तस्वीर

सर्लाही, २४ असार । सर्लाहीको ईश्वरपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ईश्वरपुर नगरपालिका–४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्णबहादुर स्याङ्बोको हत्या भएको हो । बुधबार चक्कु प्रहार गरी उनको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

स्याङ्बोको हत्या गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय पाल दोर्जे स्याङतानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हत्याको कारण भने खुलेको छैन । यस सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७