बजारमा एलिना र वीरेन्द्रको घर तिम्रो कता पर्‍यो ? (भिडियो)


२४ असार २०७८, बिहीबार
Capture 1

काठमाडौं, २४ असार । चर्चित गायिका एलिना चौहान र वीरेन्द्र श्रेष्ठको नयाँ गीत ‘घर तिम्रो कता पर्‍यो ?’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक श्रेष्ठको शब्द र संगीत रहेको गीतमा चर्चित कलाकार बर्षा शिवाकोटी र जिवेश गुरुङले अभिनय गरेका छन् ।

उदयराज पौडेलले संयोजन गरेको गीतको निर्देशन रुपेश थापाले गरेका छन् । गीतमा शहरिया युवा र गाउँले युवतीको माया प्रेमलाई उतारिएको छ । रोमान्टिक शैलीको उक्त गीतको भिडियोमा रुपमा तारिफ, गाउँले जनजीवन र भेषभूषामाथि गर्व मात्र गरिएको छैन भिडियोमा सुन्दर ग्रामीण क्षेत्रलाई कैद गरिएको छ ।

गायन क्षेत्रमा युवा श्रोताको मन जितेकी एलिना र वीरेन्द्रको स्वरमा सजिएको गीतलाई चर्चित कलाकार वर्षा शिवाकोटी र जिवेश गुरुङले पनि सुन्दर नृत्य र अभिनयले न्याय दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७