एक हप्तादेखि खानेपानीको हाहाकार


२४ असार २०७८, बिहीबार
water khola
फाइल फोटो

डोटी, २४ असार । लगातारको वर्षाका कारण खानेपानी मुहानका पाइप बगाउँदा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा पिपल्लामा एक हप्ता यतादेखि खानेपानीको हाहाकार भएको छ । यहाँका बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढी र पहिरोले विभिन्न स्थानमा बगाएपछि खानेपानीको समस्या उत्पन्न भएको छ ।

अविरल वर्षाका कारण आएको पहिरोले सलेना खोला मुहानमा रहेको खानेपानीका पाइप बगाएका कारण खानेपानी आउन बन्द भएको राजपुर खानेपानी तथा उपभोक्ता समितिले जनाएको छ । बजारमा खानेपानी नभएका कारण यहाँका नागरिकलाई हातमुख धुन तथा शौचालय जान समेत समस्या भएको डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा दिपायल नरेन्द्रबहादुर खड्काले बताए ।

बाढी र पहिरोका कारण बगाएको खानेपानीको पाइप मर्मतका लागि कर्मचारी खटिए पनि बिभिन्न समस्याका कारण मर्मत गर्न समस्या भइरहेको राजपुर खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र शाहको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७