आज कहाँ–कहाँ छ बाढीको खतरा ?


२४ असार २०७८, बिहीबार
badhi 3

काठमाडौं, २४ असार । आज (बिहीबार) देशभर मौसम बदली रहेको छ । आज विहानैदेखि देशका सबैजसो भू–भागमा बर्षा भइरहेको मौसमविदले बताएका छन् ।

आज देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बर्षाका कारण आज कोशीका सहायक नदीहरु सुनकोशी, भोटेकोशी, तामाकोशी, दूधकोशी, अरुण, तमोर तथा नारायणी र यसका सहायक नदीहरु त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, माङ्दीलगायतमा पानीको बहाव उल्लेख्य बढ्ने छ । केहीमा सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान छ ।

कन्काई, कमला, वागमती, पूर्वी राप्ती, तिनाउ र तिनका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्नेछ । केही साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । आज पश्चिम राप्ती, बबईलगायतमा बहाव केही बढ्ने छ । आज बिहानको मापनानुसार नारायणी बढीगाड, रुद्रबेनी जलमापन केन्द्र र तमोर, मूलघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, सुनकोशी, सप्तकोशी, कालीगण्डकी, सेती खोला, रिदी खोलामा बहाव बढ्दो क्रममा रहेको र सबैमा सतर्कता तहभन्दा तलै रहेको जनाइएको छ । कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव केही बढ्ने पूर्वानुमान छ । नदी तटीय र डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हेर्नुस् बाढीको पूर्वानुमान सूचना

08July

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७