कर्णेल चापागाईं सैनिक प्रहरीको नियन्त्रणमा, शान्ति सेनाको मिसनमा अनियमितताको आरोप


२४ असार २०७८, बिहीबार
army

काठमाडौं, २४ असार । नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाईंलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । जंगी अड्डास्थित सैनिक प्रहरीका हिरासतमा राखेर सेनाले उनीमाथि छानविन गरिरहेको छ ।

अनुशासन र आचरण विपरीतको कसुरमा कर्णेल चापागाईंमाथि छानविन भइरहेको सैन्य प्रवक्ता (सहायक रथी) सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् । ‘छानविनको नतिजा छिट्टै आउला’, सैन्य प्रवक्ता पौडेलले भने ।

कर्णेल चापागाईंमाथि शान्ति सेनामा हुँदा अनियमितता गरेको आरोप छ । सिंह दल गणबाट लेबनान मिसनमा रहेका बेला उनले अनियमितता गरेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७