दाङमा घर भत्किँदा तीन महिनाकी शिशुको मृत्यु, दुई जना घाइते


२४ असार २०७८, बिहीबार
sisu

दाङ, २४ असार । अविरल वर्षाका कारण घर भत्किँदा दाङमा तीन महिनाकी शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घरको भित्ता भत्कँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका–१७ क्वाडीमा आज बिहान ३ बजेतिर अबिरल बर्षाका कारण घर भत्किँदा शिशुको मृत्यु भएको छ भने उनकी आमा र दिदी घाइते भएका छन् ।

मनिषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए । घाइते आमा–छोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । घटनास्थलबाट शिशुको शव निकालिएको छ । घर नजिकैको गोठ भत्किँदा घरमा क्षति पुगेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७