बाढीले घर बगाउँदा दम्पतीको गयो ज्यान


२४ असार २०७८, बिहीबार
badhi2021 07 08 10 39 30

म्याग्दी, २४ असार । म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङमा खहरेमा आएको बाढीले घर बगाउँदा दम्पतीको ज्यान गएको छ । बुधबार खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरी बस्ने मालिका गाउँपालिका–६ दुखुका २३ वर्षीय गजिन र उनकी पत्नी १९ वर्षीय बिनाको मृत्यु भएको हो ।

बाढीले बगाएर बेपत्ता बनाएका दुबैको प्रहरी र स्थानीयबासीले खोजी गर्दा मृत अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खहरेखोलाको बाढी पसेर मंगला गाउँपालिकाको छिसवाङ खरहेका अन्य घरहरुमा पनि क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा सुरक्षाकर्मी घटनास्थलमा परिचालन भएर उद्धार र क्षतिको विवरण संकलनमा जुटेका थिए ।

यसैबीच छिसबाङ खहरे खोलामा आएको बाढीले स्थानीय ६ परिवार विस्थापित भएका छन् भने मालिका गाउँपालिका १ दुखुमा एक घरपरिवार विस्थापित भएका छन् । बाढीले ३ घर पूर्ण रुपमा क्षति भएको र अन्य घरहरु समेत जोखिममा रहेकाले २६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरेन्द्रराज गुरुङले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७