इराकको बग्दादस्थित अमेरिकी दूतावासमा तीन रकेट र ड्रोन बम आक्रमण


२४ असार २०७८, बिहीबार
rocketattackmain pqV6LWSlog

काठमाडौं, २४ असार । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावfसमा बिहीबार तीन वटा रकेट र ड्रोन बम आक्रमण भएको छ । एएफपीका अनुसार अमेरिकी दूतावासमा रकेट र ड्रोन आक्रमण भएको विषय इराकी सेनाले पुष्टि गरेका छन् ।

रोयटर्सका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा अमेरिकी दूतावास लक्षित आक्रमणहरु भएका हुन् । यद्यपी सबै आक्रमणको प्रयास दूतावासको एन्टी मिसाइल प्रणालीले असफल बनाएको समाचारमा जनाइएको छ ।

दूतावासमा मात्र नभएर ग्रिन जोन क्षेत्रमा पनि आक्रमण भएको बताइएको छ । कसले आक्रमण गरेको भनेर केही खुलाइएको छैन । यद्यपी इरानको समर्थन प्राप्त लडाकुहरुले यो आक्रमण गरेको अनुमान लगाइएको छ ।

इरान र अमेरिकाबीच युरेनियम प्रशोधनको विषयमा विवाद छ भने गत वर्ष अमेरिकाले इरानकी सैन्य कमाण्डर कासिम सुलेमानीलाई आतंकवादी भन्दै ड्रोन आक्रमण गरेर मारिदिएको थियो । खबरकाअनुसार इराकमा २५ सय अमेरिकी सेना तैनाथ छन् । उनीहरुमाथि यस वर्ष हालसम्म ५० पटकभन्दा बढी आक्रमण भइसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७