हेइटीका राष्ट्रपतिको हत्यापछि प्रहरीको कारवाही, चार जनाको मृत्यु


२४ असार २०७८, बिहीबार
presidentmoisess cSXNstGPOv

काठमाडौं, २४ असार । हेइटीका राष्ट्रपति जोभेनल मोइजको हत्यापछि त्यहाँका प्रहरीले गरेको कारवाहीमा चार जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मोइजको हत्यामा संलग्न भएको आशंका गरिएका चार व्यक्ति र सुरक्षाकर्मीबीच गोलाबारी हुँदा उनीहरुको मृत्यु भएको हो ।

यस घटनामा दुई व्यक्ति पनि गिरफ्तार भएका छन् । यतिबेला सुरक्षाकर्मीले अन्य शंकास्पद व्यक्तिलाई पनि राजधानी पोर्ट–अउ–प्रिन्समा खोजिरहेको बताइएको छ । प्रहरी प्रमुख लिओन चार्ल्सले भनेका छन्, ‘उनीहरुलाई गिरफ्तार गर्छौ अथवा उनीहरु मारिन्छन् ।’

उनका अनुसार प्रहरी कारवाहीमा मारिएका चार व्यक्ति भाडामा लिइएका व्यक्तिहरु थिए । उनले अपहरणमा परेका ३ प्रहरीलाई छुटाइएको पनि जानकारी दिए । ५३ वर्षे राष्ट्रपति मोइजको बुधबार बिहानै निजी निवासमै हत्या भएको थियो ।

गोली लागेर गम्भीर घाइते भएका उनको मृत्यु भएको थियो । गोली लागेर फर्स्ट लेडी मार्टिन मोइज पनि घाइते भएकी छिन् । हाल उनको अमेरिकको फ्लोरिडामा उपचार भइरहेको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७