आइसीसीले राखे,सन्दीपलाई ‘स्टार’को सूचीमा


१७ फाल्गुन २०७४, बिहीबार
sandeep 34

काठमाडौं: सन्दीप लामिछाने विश्वकप छनोट क्रिकेट प्रतियोगिताको ‘प्लेयर्स टु वाच’को सूचीमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आइतबारबाट जिम्बावेमा हुने प्रतियोगिताका लागि ८ राष्ट्रका १० खेलाडीलाई ‘स्टार’को सूचीमा राखेको हो । जहाँ नेपालका सन्दीप पनि अटाएका हुन् ।sandeep 34

‘प्लेयर्स टु वाच’का रुपमा रहेका स्टार खेलाडीको रुपमा सन्दीपलाई प्रस्तुत गर्दै आइसीसीले लेखेको छ, ‘१९ वर्षिया लेग स्पिनर सन्दीपले आफ्नो प्रतिभाबाट विश्वलाई चकित पारेका छन्। साथै उनी इण्डियन प्रिमियर लिग(आइपीएल) खेल्ने पहिलो नेपाली खेलाडी पनि बनिसकेका छन्।’

सन्दीपलाई आइपीएलमा दिल्ली डेयरडेभिल्सले खरिद गरेको समाचारलाई महत्व दिँदै तत्कालिन प्रधानमन्त्री शेरबहदुर देउवाले ट्विटरमा सन्दीपलाई लिएर पूरा देश गौरवाम्वित भएको उल्लेख गरेको आइसीसीले लेखेको छ। बलमाथि सन्दीपको पकड, चलाखीपूर्ण बलिङ तथा बल टर्न गर्नसक्ने क्षमताले उनलाई खतरनाक बलर बनाएको आइसीसीले उल्लेख गरेको छ।

नामिबियामा सम्पन्न डिभिजन दुईमा सन्दीप म्यान अफ द सीरिज भएका थिए। १७ विकेट लिएका सन्दीपले दुई खेलमा म्यान अफ द म्याच प्रदर्शन पनि गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७