ललितपुरमा भेरोसेलको दोस्रो मात्रा असार २७ र २८ गते लगाइँदै


२४ असार २०७८, बिहीबार
Covid Khop

ललितपुर, २४ असार । ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही असार २७ र २८ गते लगाइने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज जारी सूचनामा महानगरस्तरीय खोप समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।

पहिलो मात्रा भेरोसेल लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने सूचनामा जनाइएको छ । सूचनामा महानगरपालिकाका २९ वडामै खोप केन्द्र राखिने र पहिलो मात्राको खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर आउन समेत आग्रह गरिएको छ ।

यसैगरी, ललितपुरमा रहेका दुई नगरपालिका महालक्ष्मी र गोदावरीमा भने आउँदो शुक्रबार सो खोप लगाइने सम्बन्धित नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी, दक्षिण ललितपुरमा रहेका तीन गाउँपालिकामध्ये कोञ्ज्योसोम र महाङ्कालमा आउँदो शुक्रबार एक दिन खोप लगाउनका साथै वागमतीमा भने २५ र २६ गते दुई दिन सो खोप लगाइने सम्बन्धित गाउँपालिकाले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७