प्रहरीका एआईजीहरुको सरुवा तयारी, को कहाँ जाँदैछन् ?


२४ असार २०७८, बिहीबार
Nepal police

काठमाडौं, २४ असार । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवाको तयारी गरिएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले एआईजीहरुको सरुवा गर्न लागेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पाललाई ७ महिनामै सरुवा गर्न लागिएको छ । गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार पाललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेर महानगरीय प्रहरी कार्यालयमा निरजबहादुर शाहीलाई पठाउन प्रहरी प्रधान कार्यालयले प्रस्ताव पठाएको छ ।

मानव स्रोत तथा प्रशासन विभागमा एआईजी विश्वराज पोखरेल र कार्य विभागमा प्रद्युम्न कार्कीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । अपराध अनुसन्धान विभागमा गतसाता बढुवा सिफारिस भएका सहकुलबहादुर थापालाई पदस्थापन गर्न प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७