सन्दिप लामिछाने ‘प्लेयर्स टु वाच’ को सूचीमा


१७ फाल्गुन २०७४, बिहीबार
sandeepp

काठमाण्डौं, १७ फागुन : सन्दिप लामिछाने विश्वकप छनोट क्रिकेट प्रतियोगिताको ‘प्लेयर्स टु वाच’ को सूचीमा परेका छन् । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आइतबारबाट जिम्बावेमा हुने प्रतियोगिताका लागि ८ राष्ट्रका १० खेलाडीलाई ‘स्टार’ को सूचीमा राखेको हो । जहाँ नेपालका सन्दिप पनि समावेश भएका छन् ।sandeepp

‘प्लेयर्स टु वाच’ का रुपमा रहेका स्टार खेलाडीको रुपमा सन्दिपलाई प्रस्तुत गर्दै आइसीसीले लेखेको छ, ‘१९ वर्षीय लेग स्पिनर सन्दिपले आफ्नो प्रतिभाबाट विश्वलाई चकित पारेका छन् । साथै उनी इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो नेपाली खेलाडी पनि बनिसकेका छन् ।’ नामिबियामा सम्पन्न डिभिजन २ मा सन्दिप म्यान अफ द सिरिज भएका थिए । १७ विकेट लिएका सन्दीपले दुई खेलमा म्यान अफ द म्याच प्रदर्शन पनि गरेका थिए ।sandeep 34

सन्दिपलाई आइपीएलमा दिल्ली डेयरडेभिल्सले खरिद गरेको समाचारलाई महत्व दिंदै तत्कालीन प्रधानमन्त्री शेरबहदुर देउवाले ट्वीटरमा सन्दिपलाई लिएर पूरा देश गौरवाम्वित भएको उल्लेख गरेको आइसीसीले लेखेको छ । बलमाथि सन्दिपको पकड, चलाखीपूर्ण बलिङ तथा बल टर्न गर्नसक्ने क्षमताले उनलाई खतरनाक बलर बनाएको आइसीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७