देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना


२५ असार २०७८, शुक्रबार
raining

काठमाडौं, २५ असार । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । मनसुनी वायुको प्रभावकै कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

काठमाडौं उपत्यकासहित प्रदेश–१ र प्रदेश–२ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ । धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७