नारायणी नदीमा बाढीको जोखिम, होशियारी अपनाउन आग्रह


२५ असार २०७८, शुक्रबार
narayani river flood AAVkL5wJtN scaled
फाइल फोटो

चितवन, २५ असार । लगातारको भारी वर्षाका कारण नारायणी नदीमा पानीको बहाव ह्वातै बढेको छ । चितवनको गोविन्द बस्ती, रिउखोला र कल्याणपुरमा ठूलो पानी परिरहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज पनि नारायणी, बुढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकी, सप्तकोशी, सुनकोशी, भोटेकोशी, तामाकोशी, दूधकोशी, अरुण तमोरलगायतका नदीहरूमा पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा आज दिनभर विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध छ ।

आज प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७