भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


२५ असार २०७८, शुक्रबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

भक्तपुर, २५ असार । भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । बिहीबार साँझ काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ३९ प ३६५२ नम्बरको मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका–४ सारदोबाटोमा आफै अनियन्त्रित भइ दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा संखुवासभा घर भई हाल सिन्धुपाल्चोकको बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको परिसरका प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको उपचारको क्रममा भक्तपुरको मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७