भारतमा कोरोनाको तेस्रो लहरको जोखिम, २३ हजार करोडको प्याकेज ल्याउने घोषणा


२५ असार २०७८, शुक्रबार
korona india 6

नयाँदिल्ली, २५ असार । भारतले कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमितको उपचारका लागि भन्दै २३ हजार करोडको प्याकेजको घोषणा गरेको छ ।

नव नियुक्त केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मंडावियाले यो प्याकेजमार्फत जिल्लास्तरमा अक्सिजन, औषधि आपूर्ति र अस्पतालमा बेडको संख्या बढाइने बताउनु भएको छ । यस्तै भारतमा कोरोनाको तेस्रो लहरको जोखिम बढेको र यसले बालबालिकाको स्वास्थ्यमा असर पार्न सक्ने भएकाले यो प्याकेजले विशेष गरी बालबालिकालाई समेट्ने उनले बताएका छन् ।

भारतका सबै जिल्लाका अस्पतालमा बालबालिकाका लागि विशेष वार्डसँगै २० हजार आईसीयू बेडको पनि व्यवस्था गरिने छ । यस्तै हरेक जिल्लामा १० हजार लिटर अक्सिजनको मौज्दात राख्ने व्यवस्था गरिने भारत सरकारले जनाएको छ । यसअघि पनि भारतले कोरोना रोकथाम तथा उपचारका लागि १५ हजार करोड रुपैयाँको प्याकेज ल्याएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७